+
Search

ताजा अपडेट +

पपुलर +

बुटवलमा सडकमा खुल्ला दुध बेच्न रोक

अरुणा ढकाल
२०७९ आश्विन १३, बिहीबार

बुटवल । बुटवल उपमहानगरपालिकाले खुला रुपमा सडक किनारमा दूध बिक्री वितरणमा रोक लगाएको छ ।

उपप्रमुख तथा अनुगमन समिति संयोजक सावित्रादेवी अर्यालको अध्यक्षतामा बसेको दुग्ध व्यवसायीसहितको बैठकले दूधको कारोबार गर्ने व्यवसायी र किसानलाई अनिवार्य रुपमा दर्ता गर्न र खुल्ला रुपमा सडक किनारमा दूधको बिक्री वितरण रोक्न आग्रह गर्ने निर्णय गरेको हो ।

दुग्धजन्य पदार्थलाई व्यवस्थित तथा स्वस्थकर बनाउनका लागि दुध र दुधजन्य पदार्थको गुणस्तर परीक्षणका लागि ल्याब किड्स मेसिन सहितको ल्याब स्थापना गर्ने निर्णय बैठकले गरेको उपप्रमुख सावित्रादेवी अर्यालले बताइन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अरुणा ढकाल