+
Search

ताजा अपडेट +

पपुलर +

मैले जम्मा पन्ध्र सय तिरेर उम्मेद्बारी दिएँ अहिले सात लाख पचास हजार जरिवाना कसरी बुझाउनु ? : सुमन सयामी

Nanu Bhatta
२०७९ आश्विन १४, शुक्रबार

काठमाडौँ । स्वतन्त्र बैकल्पिक लौरो अभियानका संयोजक तथा प्रतिनिधि सभा सदस्यका उमेद्वार सुमन सायमीले एक अन्तर्वार्तामा बोल्दै भने " स्थानिय चुनावमा उमेद्वारी दिइसकेपछी सर्वदलीय बैठकमा बोलाउनुपर्ने बोलाइएन । यहाँ निर्वाचन आयोगले विभेद गरेको देखियो ।

त्यस्तै चुनाव हारेको मान्छेले पनि एक महिना भित्रमा खर्च विवरण बुझाउनुपर्छ भनेको पनि थिएन । मलाई यो जानकारी नै भएन । पछि ढिलो बुझाएँ तर सात लाख पचास हजार जरिवाना तिराइयो । मैले जम्मा पन्ध्र सय तिरेर उमेद्वारी दिएको तर अहिले सात लाख पचास हजार कसरी बुझाउने ? "

त्यस्तै उनले भने " मैले अब फेरि प्रतिनिधि सभा सदस्यमा उम्मेद्बारी दिँदै छु । यदि यो जरिवाना तिरेन भने फेरि मलाई उम्मेद्बारी नै दिँदैनन । हेर्नुस मैले जसरी पनि तिर्नुपर्ने छ । "

प्रतिक्रिया

लेखकको बारेमा