Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

प्रत्यक्षतर्फका उम्मेदवार चयन गर्ने जिम्मा ओलीलाई

सजिलोपाना
२०७९ आश्विन १४, शुक्रबार

काठमाडौं । नेकपा एमालेले आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवार चयन गर्ने जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ।

बिहीबार राति अबरेसम्म अध्यक्ष ओलीको निवास बालकोटमा बसेको सचिवालय बैठकले उम्मेदवारको अन्तिम निर्णय गर्ने अधिकार ओलीलाई दिने निर्णय गरेको हो।

आवश्यक परामर्शमा अध्यक्ष ओलीलाई उम्मेदवारको अन्तिम तय गर्ने अधिकार दिइएको सचिव पदमा अर्यालले बताइन्। तल्ला कमिटीबाट सिफारिस भएर आएका सबैको नाममा छलफल भएको र एकल रुपमा सिफारिस भएका नाममा पनि छलफल भएको उनले बताइन्। तर, कुनै ठोस निर्णय भने नभएको सचिव अर्यालले बताइन्।

प्रतिक्रिया

लेखकको बारेमा

सजिलोपाना

सबै खबर एउटै पानामा