+
Search

ताजा अपडेट +

पपुलर +

इन्टरनेटबाहेक अन्य सेवा प्रदान नगर्न प्राधिकरणको निर्देशन

Nanu Bhatta
२०७९ आश्विन १४, शुक्रबार

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवा प्रदायकहरूलाई इन्टरनेट सेवाबाहेक अन्य सेवा प्रदान नगर्न निर्देशन दिएको छ । इन्टरनेट सेवा प्रदायकहरूले इन्टरनेट सेवा लगायत अन्य सेवासमेत प्रदान गर्दै आइरहेका भन्दै प्राधिकरणले कारबाहीको चेतावनी दिएको छ ।

विद्यमान कानुनी व्यवस्था बिपरीत गैरकानुनी रुपमा सेवा संचालन गरेको पाइए दूरसञ्चार ऐन, २०५३ बमोजिम कारबाही गरिने दूरसञ्चार सेवा प्रदायकहरूलाई प्राधिकरणको चेतावनी छ । प्राधिकरणबाट अनुमतिपत्र प्राप्त दूरसञ्चार सेवा प्रदायकहरूले दूरसञ्चार सेवा प्रदान गर्दा प्रतिस्पर्धात्मक वातावरणमा बाधा पुग्ने गरी कुनै पनि कार्य गर्न नपाइने र स्वच्छ व्यापार गर्नुपर्ने कानुनी प्रावधानको उल्लंघन गरिरहेको प्राधिकरणको भनाइ छ ।

प्रतिक्रिया

लेखकको बारेमा