+
Search

ताजा अपडेट +

पपुलर +

राष्ट्रपतिले इच्छुक पदाधिकारी र सर्वसाधारणलाई टीका लगाइदिने

Nanu Bhatta
२०७९ आश्विन १४, शुक्रबार

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका दिन इच्छुक पदाधिकारी र सर्वसाधारणलाई टीका लगाइदिने भएकी छन् ।

राष्ट्रपति कार्यालयले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार उक्त दिन दिउँसो २ बजेदेखि ३ बजेसम्म इच्छुक सम्माननीयहरू, माननीय मन्त्रीहरू, प्रदेश प्रमुख, न्यायाधीश, सङ्घीय संसद्का सदस्य, संवैधानिक निकायका पदाधिकारी एवं विशिष्टहरूलाई समय छुट्याइएको छ । त्यस्तै अपराह्न ३ बजेदखि ५ बजेसम्म इच्छुक सर्वसाधारणले राष्ट्रपतिबाट दशैँको टीका लगाउन सक्ने राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा