
नक्सालमा खुल्यो यामाहा नेपालको सर्वाधिक ठूलो शोरुम
काठमाडौं । नेपालको लागि यामाहा मोटरसाईकल तथा स्कुटरको आधिकारीक विक्रेता “MAW Enterprises Pvt.Ltd” ले नेपालकै अत्याधुनिक र सर्वाधिक सुविधा सम्पन्न शोरुम सञ्चालनमा ल्याएको छ ।
असोज १३ गते प्रमुख अतिथिको हातबाट उद्घाटन गरिएको नक्सालमा अवस्थित उक्त शोरुम Two wheeler Industry कै सबैभन्दा ठूलो र अत्याधुनिक शोरुम मानिएको छ ।
यामाहाको विश्व व्यापी नयाँ अवधारणा “Blue Square” लाई अबलम्बन गरी नक्सालमा उक्त शोरुम सञ्चालनमा ल्याईएको हो । यामाहाको “Global Motor Sports Legacy” लाई आत्मसाथ गर्दै सम्पूर्ण राईडर्सले आफ्नो राईडिङ प्रतिको चाहना र उत्साहलाई हरेक कुनाबाट अनुभव गर्न सक्ने स्थानको रुपमा “Blue Square” शोरुमलाई लिइएको छ ।
Blue Square शोरुममा प्रयोग गरिएको “Blue” कलरले यामाहा ब्राण्डको “Racing DNA” लाई झल्काउने र “Square” ले “One Stop Buying Junction” जसमा ग्राहकले मोटरसाईकल, स्कुटर, Accessories / Apparel एकै ठाउँबाट अनुभव तथा खरिद गर्न पाउने सुविधा रहनेछ ।
स्थापनाकाल देखिनै ग्राहकहरुको सुविधालाई उच्च प्राथमिकतामा राख्दै आएकोमा “Blue Square” को उत्कृष्ट प्रविधि र पूर्वाधारहरुले यामाहा ब्राण्ड प्रतिको ग्राहको भरोसा बढ्ने र ग्राहकको सन्तुष्टिमा वृद्घि गर्ने कम्पनिको ठहर छ ।
नेपालीहरुको महान चाड वडा दशैँको अवसरमा नेपालकै सर्वाधिक ठूलो र सुविधा सम्पन्न यामाहा शोरुम खोल्न पाउँदा हामी धेरै हर्षित छौँ । यस शोरुमले वाईक प्रेमीहरुलाई यामाहाको उत्कृष्ट प्रविधि युक्त विभिन्न मोटरसाईकल स्कुटर, Accessories / Apparel गराउने कुरामा हामी विश्वस्त छौँ । यामाहा नेपालका लागी CEO राजु छेत्रीले बताएका छन् ।
