
पूर्वराजा ज्ञानेन्द्र शाहले उठाए व्यवस्थामाथि नै प्रश्न
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले दसैँको शुभकामना दिँदै देशमा भइरहेको बेतिथिमाथि प्रश्न उठाएको छ । भिडियो सन्देश जारी गर्दै पूर्व राजा शाहले देशलाई महान् बनाउनको सट्टा संकटतर्फ धकेल्ने काम भएको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।
दसैँको शुभकामना दिँदै उनले भनेका छन्, ‘समाजमा सत्य स्थापित सद्भाव जाग्रित गर्ने दानवी प्रवृत्तिको नास गर्ने दसैँ हो । शान्ति होस् सदाचार रहोस् आपसी सद्भाव बढोस् दसैँ पर्वको यही आस्य हो । त्यसैले देशभित्र र बाहिर रहेका सबै नेपालीमा मंगलमय शुभकामना ।’
आज देशले जनउत्तरदायी भएर काम गर्ने व्यक्ति खोजिरहेको उनको भनाई छ । ‘कुनै पनि नेपालीलाई यो समय सजिलोसँग बितिरहेको छ जस्तो लाग्दैन । बहुदलीय प्रणालीमा विभिन्न राजनीतिक दलहरू व्यक्ति हुन्छन् । स्वस्थ प्रतिस्पर्धाबाट प्रतिनिधि आउँछन् तर आस्था सिद्धान्तका हिसाबले त्यो कति जनता केन्द्रित रहे भन्ने कुरा छ ।
पदलोभ भागबन्डा गरेकालाई राजनीति केन्द्रित हुँदै गएपछि देश र जनताको हालत के हुन्छ रु’ सन्देशमा भनेका छन्, ‘आज देशप्रति बफादारी र जनउत्तरदायी भएर काम गर्ने पात्र देशले खोजिरहेको छ ।’
उनले देशको हरेक क्षेत्र राजनीतिले गिजोलिएको प्रति पनि चिन्ता व्यक्त गरेका छन् । ‘कार्यपालिका व्यवस्थापिका र न्यायपालिकाको विकृतिले आज सर्वत्र प्रश्न उठेको छ । यो अवस्थाले जनतामा उत्साह छैन । मुलुकमा भविष्य निर्माणको कुनै भरोसा छैन । दायित्व के हो गर्न नहुने के हो यी सबैको कुरा कसले गर्ने आजको ज्वलन्त प्रश्न हो,ड सन्देशमा अगाडि भने ।
नेपाललाई महान् देश बनाइराख्न र युवायुवतीलाई नेपालमै बस्ने वातावरण बनाउन पनि अहिलेको व्यवस्था असफल भएको उनको ठहर छ । ‘नेपाललाई महान् बनाउन जरुरी छ । नेपालमा अवसर नभएर हो कि नखोजेर हो हजारौँ युवायुवती दिनहुँ युवायुवती बिदेसिएका छन् । देशमाथि घातक प्रयास भइरहेको छ,’ उनले भने, ‘इतिहास संकटापन्न छ ।
संस्कृतिहरू विस्थापित गरिएको छ । परराष्ट्र नीति असफल हुँदा सुरक्षाग्रस्त बन्दै गइरहेको छ । भ्रष्टाचारले समाज र व्यवस्थामाथि प्रश्न उठेको छ जनताको दैनिक जीवन सकसपूर्ण बनाएको छ । संविधानको रक्षा गर्न देशलाई दाउमा लगाउने अवस्था गरिएको छ हाम्रो कुनै पनि कामले देश हार्न हुँदैन ।’
