सुरेन्द्र पौडेल निर्देशित ‘बाबरी’ देशब्यापी प्रदर्शनमा

काठमाडौं । शुक्रबारदेखि तीन नयाँ फिल्म हलमा रिलिज भएका छन् । दशैं छेकोमा प्रदर्शनमा आएका यी तीन फिल्मलाई सार्वजनिक बिदा र ‘फेस्टिभ मुड’को फाइदा उठाउने अवसर छ ।

सुरेन्द्र पौडेल निर्देशित ‘बाबरी’ देशब्यापी प्रदर्शनमा आएको छ । जसलाई लिएर लामो समयदेखि पर्खाइ थियो । अदिती बुढाथोकी, धीरज मगर र धीरज नाडकर अभिनित फिल्म रोमान्टिक कथावस्तुमा आधारित छ ।

त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्मले प्रिमियरबाट पनि राम्रो प्रतिक्रिया प्राप्त गरेको छ । प्रेमी रोनिश (धीरज नाडकर)को खोजीमा झापाबाट सिक्किम पुग्छिन विजेता (अदिती) ।

बाटोमा साथी बनेका विक्रान्त (धीरज मगर) विजेताको प्रेममा पर्छ अनि कथा अघि बढ्छ प्रेम सम्बन्धको कथावस्तु रुचाउने दर्शकलाई यो सिनेमा रुचिकर हुनसक्छ । ‘बाबरी’को रन-टाइम २ घण्टा १६ मिनेट छ ।

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्