
राजनीतिक नेतृत्व प्रतिको विश्वास खुम्चिदै !
राजेश पाण्डे : देशमा सुधार आउनका लागि एकातिर राजनैतिक नेतृत्व सक्षम र ईमान्दार हुनु पर्छ । भने अर्को तिर नियुक्त गरिने पदहरुमा स्वच्छ र पारदर्शी ढंग बाट सक्षम नेतृत्व चयन हुनुपर्छ । नेपाल जस्तो मुलुकमा समृद्ध नेपाल र सुखी नेपाली बनाउन कठिन छैन । तर अहिलेको आवश्यकतालाई नियाल्दै विकासको स्मार्ट तरिकाले खाका कोर्न सक्ने खुबी भएका, योग्य र सक्षम व्यक्ति नेतृत्वमा पुग्नु पर्छ ।
नेपालमा सर्वप्रथम २००४ सालमा पहिलो पटक स्थानीय निकायको निर्वाचन भएको थियो । यस निर्वाचनमा २१ वर्ष नाघिसकेका पूरुषले मात्र मतदान गर्ने व्यवस्था थियो । उक्त निर्वाचनमा महिलाहरुले पनि मतदान गर्न पाउनु पर्छ भनि श्री ३ पद्म शमशेर सँग माग राखेको भएपनि महिलाहरुलाई मतदानबाट बन्चित गरिएको थियो ।
२००७ सालमा नेपाली कांग्रेसको नेतृत्वमा प्रजातान्त्रिक आन्दोलन सुरु भयो । १०४ वर्षिय जहानियाँ राणा शासन अन्त्य भयो । २०१० सालमा स्थानीय तहको निर्वाचन भयो । २००७ को आन्दोलनमा सहभागि भएर आए देखि नै महिला अधिकारको कुरा गदै आएपनि महिलाको अभिमत चुनावमा परिणत हुनका लागि २०१० साल कोषे ढुंगा बन्न पुग्यो ।
२००४ साल देखि सर्वसाधारण जनताले आफ्नो अमूल्य मतको प्रयोग गर्ने अधिकार पाए । पटक पटक भएका निर्वाचनमा उम्वेदवारहरु कोही पूनः दोहोरिए त कोही नयाँ फेरिए । करिब तिन दशक सम्म चलेको जनआन्दोलन २०४६ सालमा निर्दलिय पञ्चायति व्यवस्थाको अन्त्य र प्रजातन्त्रको पूर्नःबहाली भए पछि जनआन्दोलन सम्पन्न भयो ।
२०५४ साल देखि २०७४ साल सम्म स्थानीय तहको निर्वाचन हुन सकेन तर संसदीय निर्वाचन भने भयो । २०५२ साल फागुन १ गते देखि माओवादी जनयुद्ध सुरु भयो । हजारौँ नागरिकको ज्यान गयो, भने लाखौँ नागरिकले दुःख पाए । यो जनयुद्ध १० वर्ष सम्म चलिरह्यो । कसैका बालबालिका टुहुरा भए त कसैका घर बाजो भए ।
कसैले बा आमाको अनुहार देख्न पाएनन् भने कसैले आफ्ना छोरा छोरीको अनुहार समेत देख्न पाएनन् । बाँकी घरमा रहेकाहरुले पनि राम्रो सँग खान समेत पाएनन् । २०५८ साल जेठ १९ गते राजा विरेन्द्रको पुरै परिवार हत्या भयो । फलस्वरुप त्यसपछि उँहाका भाई ज्ञानेन्द्र शाहलाई राजा बने । २०६३ सालमा राजाको शासन पनि हटाइयो । १० वर्ष सम्म आन्दोलमा उत्तिएको नेकपा माववादी केन्द्र सँग छलफल गरेर निर्वाचनमा जाने सहमति भयो । देश लोकतन्त्रात्मक मुलुकमा प्रवेश भयो ।
तर यो समय देखि यता राजनीतिक दलहरुको पहिलो प्राथमिकता सत्ता कब्जा मात्र बनेको देखिन्छ । अहिले सम्म करिब चार दर्जन प्रधानमन्त्री फेरिए । कोही पुनः दोहोरिए त कोही नयाँ । नत देशको अर्थतन्त्रले फड्को मार्न सक्यो नत गरिब जनताको अवस्था नै फेरियो । जनताले सोचेका थिए । अब देशले विकासको गति लिन्छ ।
जनताका आधारभूत आवश्यकता पुरा हुन्छन । अर्थतन्त्रले फड्को मार्छ । गरिब, असहाय, निमुखा, पिछडिएको वर्गका गरिब जनताले गास, बास, कपास, शिक्षा, स्वास्थ्य जस्ता आवश्यकताहरु सहजै पुरा हुन्छन । तर जानताले सोचे अनुरुप भने हुन सकेन । फड्को मार्न सफल भएत केवल सत्तामा गएका र सत्ता गएका नजिकैका आसेपासे ।
२०७२ साल असोज ३ गते जनताको संविधान त बन्यो । तर अझै नागरिकका अधिकारहरु संविधानका पानाहरुमा नै सिमित रहेका छन । अधिकारहरु केवल आकाशको फल आँखातरी मर भन्ने आहान जस्तै भएको छ । संविधानमा लेखिएका अधिकारहरु गरिब जनताले पाएका छैनन् तर त्यही संविधानको कानुुन देखि उही गरिब जनताले मात्र तर्सिनु परेको देखिन्छ । कस्तो बिडम्बना मेरो देशमा । पँहुज पावर हुनेले जस्तोसुकै अन्याय अत्याचार गरेको भएपनि कानून नलाग्ने, सहजै तरिकाले अम्किने । तर कतै कानुन लाग्छ की भनेर जनताले डरै डरले बस्नु पर्ने ।
निर्मला पन्तको परिवारले अझै न्याय पाएका छैनन । देशमा दिनौैदिन बलत्कारका घटनाहरु घटिरहेका छन । गरिब जनताले न्याय पाएका छैनन् । जनताले गुहार गर्दा पनि संवैधानिक अंगहरु, सरकार, राजनीति पार्टी एवम् अन्य निकायहरु मैन हुन्छन । बाजुरा, हुम्ला, जुम्ला, मुगु, जस्ता जिल्लाका नागरिकको अवस्था कस्तो छ रु त्यहाँका नागरिकाको अनुहार हेर्दा आँखा बाट आसुका धारा निस्किन्छन । त्यहाँका नागरिकले विजुली बत्ती देख्न पाएका छैैन । विजुली बत्ती नहुदा बाजुराका विद्यार्थीले झरो बालेर पढ्नु परेको छ ।
यो त एउटा उदारण मात्र हो, यस्ता तमाम समस्याहरुले गरिब जनताको अगाडी पछाडी घेरिरहेका छन । जहाँ विद्यार्थीले विद्यालय सञ्चालन भएको ६र७ महिना सम्म पढ्ने किताब पाउँदैनन् । समयमा विद्यार्थीले गुणस्तरिय शिक्षा नपाएकै कारणले त्यहाँका युवाको गन्तव्य खाडी मुलुक नै हुनपुग्छ । बालबालिकाको परिवारमा एकातिर अर्थिक अभाव भने अर्को तिर पढ्ने वाताबरण नभएकाले पढाइ छोड्न बाध्य हुनपर्छ । नेपाल जलस्रोतको दोस्रो धनि देश भएपनि बाजुरा हुम्लाका नागरिकका लागि भने लंकामा सुन छ कान मेरो बुच्चै सरह भएको छ ।
आर्थिक अभावका कारणल १५, १६ वर्ष नहुदै जुम्लाका बालकालिकाले गलैँचा लिएर घरघरमा विक्रि गदै बजार सम्म पुग्नु परेको छ । हुम्ला, अछामका बालकालिकाले पैसा कमाएर परिवार पाल्नकै लागि भारतका कुना कुना धाउनु परेको छ । कसैलाई शिक्षाको अभाव छ । कसैले शिक्षा हासिल गरेर पनि मार्कसिट बाकसमा राखेर क्षमता भएका युवा, युवतिहरु विदेशका खाडी मुलुकमा पुग्नु परेको छ । अनि कसरी परिवर्तन हुन्छ समाज रु अनि कसरी समृद्ध हुन्छ देश रु सानोमा हुँदा बाले भन्दै गरेको सुनेको थिएँ ।
‘प्रयोग गर्दा गदै बुचिँएका साधनहरुलाई बेला बेलामा धार लगाई रहनु पर्छ । तर बेलाबेलामा धार लगाएर प्रयोग गदै आएका साधनलाई भने धार लगाएर सम्भव हुदैन, नयाँ नै जोड्नु पर्छ ।’ यो कुरा आज राजनैतिक पार्टीमा परिणत हुदैछ । हरेक जनताहरु राजनीतिक पार्टी देखि वाक्क दिक्क भएको देखिन्छ । नेता कार्यकर्ताले राजनीतिलाई पेसाका रुपमा अगालिरहेका छन । पालै पालो गरेर सत्ता कब्जा गरिरहेका छन । गलत निर्णका लागि खपरदारी नगरेर पालै पालो गरेर मैन बसिरहेका छन ।
गाँउमा सिंह दरवारको नाममा पुगेको स्थानीय तहमा विजयी भएका जनप्रतिनिधि समेत सिंह बनेर निष्किए । आफ्ना सुकेका अनुहारलाई चिल्ला बनाउदै चिल्ला सडकमा जग्गा जमिन बनाउन पुगे । जनताको अवस्था फेर्ने नाममा नेताका लागि व्यवस्था मात्र भरियो । समाज परिवर्तनका नाममा कार्यकर्ताका अनुहार परिवर्तन भए । अन्ततः प्रश्न यहिँनेर खडा हुन्छ । गरिब नागरिकाका आवश्यकता पुरा गर्न सकिदैन भने केका लागि सरकार रु देश र जनताका लागि बोल्न सकिदैन भने किन सत्ता कब्जा गर्ने रु संवैधानिक निकाएको के काम रु नेतृत्व गर्ने नेता कार्यकर्ता स्वार्थ बाहेक बोल्दैनन् ।
बरु आलैपालो सत्ता कब्जा गरेर स्वार्थ लिइको मात्र देखिन्छ । यस्तो अवस्थाले जनतामा हरेक रानीतिक दलहरु र नेतृत्वमा पुगेका व्यक्तिहरु प्रतिको दिनप्रति आशा खम्चिदै गएको दखिन्छ । नेपाली जनताले देशको भविष्य निमार्ण गर्ने अवसर दिईरहेका छन । तर नेतृत्वमा पुगेकालाई बादरको हातमा नरिवल जस्तै भएको छ ।
चलिरहेको दशकमा जसरी नेतृत्वमा पुगेका नेता कार्यहरु आफ्नो स्वार्थका लागि एक भइरहन्छन । त्यसरी देशका लागि एक भएर काम गर्ने हो भने नेपाल र नेपाली जनताहरुको कायापलट छिटै हुने थियो ।
