+
Search

ताजा अपडेट +

पपुलर +

९३ हजार पुग्यो सुनको मूल्य, चाँदी स्थिर

सजिलोपाना
२०७९ आश्विन १४, शुक्रबार

काठमाडौं । आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । हिजो विहीबार प्रतितोला ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज शुक्रबार प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।

हिजो विहीबारको तुलनामा आज शुक्रबार सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको हो । हिजो प्रतितोला १२०० रुपैयाँले बढेको थियो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ५०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ ।

हिजो विहीबार प्रतितोला १ हजार १७० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि प्रतितोला सोहि मूलमा कारोबार हुने महासङ्घले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

सजिलोपाना

सबै खबर एउटै पानामा