पाकिस्तानी बलर नसीम शाहलाई कोरोना संक्रमण

पाकिस्तान । पाकिस्तानका तीव्र गतिका बलर नसीम शाहलाई कोरोना संक्रमण भएको छ । पछिल्लो समय निमोनियाको कारण आराम गरिरहेका उनलाई कोरोना पुष्टि भएको हो ।

यद्यपि उनी अस्पतालबाट डिस्चार्ज भइसकेको र स्वास्थ्य अवस्था राम्रो रहेको पाकिस्तान क्रिकेट बोर्ड (पिसीबी) ले जनाएको छ ।

घरेलु टोली पाकिस्तानले हाल इंग्ल्याण्डविरुद्ध ७ खेलको अन्तर्राष्ट्रियटी–२० सिरिज खेलिरहेको छ । जसमा ५ खेल पाकिस्तान सकिँदा ३–२ ले अघि छ । सिरिजको छैटौं खेल आज लाहोरमा हुनेछ ।

कोरोनाका कारण नसीमले इंग्ल्याण्डविरुद्धको टी–२० सिरिजअन्तर्गत बाँकी दुई खेल गुमाउने भएका छन् । उनले सिरिजको पहिलो खेल मात्र खेलेका थिए ।

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्