+
Search

ताजा अपडेट +

पपुलर +

राजेन्द्र महतोले धनुषा ३ छाडे सर्लाही २ मा आए

Nanu Bhatta
२०७९ आश्विन १४, शुक्रबार
काठमाडौँ- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले धनुषा क्षेत्र नम्बर ३ बाट उम्मेदवार बन्ने दावीबाट पछि हटेका छन्। २०७४ मा यसै क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित महतो आगामी मंसिर ४ गते हुने निर्वाचनमा सर्लाही- २ बाट संघीय चुनावमा लड्ने तय गरेका छन्। २०७४ सालमा मधेसी मोर्चाको उम्मेदवार रहेका महतोले एमालेको पनि अघोषित साथ पाएर कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिलाई पराजित गरेका थिए। महतोले पनि धनुषा- ३ बाट चुनाव नलड्ने भएका छन्।  

प्रतिक्रिया

लेखकको बारेमा