काठमाडौँ वन तथा वातावरणमन्त्री प्रदीप यादव अमेरिकामा सञ्चालित ग्लोबल मिथेन क्लाइमेट क्लिन एयर फोरम २०२२ को चार दिने कार्यक्रममा सहभागी भई आज स्वदेश फिर्ता भएका छन्।
यही असोज ११ देखि १४ गतेसम्म सञ्चालन भएको उक्त ग्लोबल मिथेन क्लाइमेट क्लिन एयर फोरम २०२२ को कार्यक्रममा सहभागी हुन मन्त्री यादव नेपाल सरकारका तर्फबाट अमेरिका प्रस्थान गरेका थिए । अमेरिकी सरकारको निम्तोमा त्यहाँ गएका मन्त्री यादवले नेपालको प्रतिनिधित्व गर्दै मिथेन ग्यास उत्सर्जन न्यूनीकरण गर्न राष्ट्रहरुले कस्ता प्राविधिक नीति बनाउने र मिथेनको प्रभावलाई न्यूनीकरण गर्दै यस्को प्रयोग कसरी गर्ने लगायतका विषयमा छलफल गरेको उनको सचिवालयले जनाएको छ ।
वनमन्त्री यादव स्वदेश फिर्ता
२०७९ आश्विन १४, शुक्रबार
प्रतिक्रिया