विराटनगर । मोरङको सुनवर्षी नगरपालिका-४ मा शंकास्पद अवस्थामा एक व्यक्तिको शव फेला परेको छ। सुनवर्षी-४ बटरबारी बस्ने अन्दाजी ३२ वर्षीय अशोक कुमार यादव शंकास्पद अवस्थामा मृत भेटिएका हुन्।
शुक्रबार बिहान करिब ६ बजे घरदेखि करिब दुई किलोमिटर पुर्व रङ्गेली बटरबारी जाने भित्री सडकखण्डमा उनको शव फेला परेको मोरङ प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार धामी काम गर्न घरबाट निस्किएको शुक्रबार बिहान उनी मृत फेला परेका हुन्। घटनास्थलबाट प्रहरीले बाटोमा पार्किङ गरी राखिएको यादवको प्रदेश १-०२-०४४ प ३२६१ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ।
मोटरसाइकल पार्किङ गरिएको ठाउँबाट करिब १०-१२ मिटर दक्षिणमा कोल्टे परेको अवस्थामा यादवको शव फेला परेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताए।
प्रतिक्रिया