+
Search

ताजा अपडेट +

पपुलर +

देवकोटा संग्रहालयको उद्घाटन, कस्ता चीजहरु समेटिए ?

सजिलोपाना
२०७९ आश्विन १४, शुक्रबार

काठमाडौं । महाकवि लक्ष्मीप्रसाद देवकोटा संग्रहालयको उद्घाटन गरिएको छ । उद्घाटन समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, पूर्व उपकुलपति बैरागी काइँलासहित प्रतिष्ठानका पूर्व पदाधिकारी र साहित्य र अन्य क्षेत्रका व्यक्तिहरूको उपस्थिति थियो । काठमाडौंको मैतीदेवी स्थित कवि कुञ्जमा निर्मित महाकवि लक्ष्मीप्रसाद देवकोटा संग्रहालयको शुक्रबार उद्घाटन गरिएको हो ।

सो क्रममा संग्राहलयभित्र निर्माण गरिएको महाकवि देवकोटाको पूर्णकदको प्रतिमाको अनावरण गरिएको थियो भने देवकोटाको कृतिमा समावेश गरिएका रचनाको वाचन पनि गरिएको थियो ।संग्रहालयमा महाकवि देवकोटाले प्रयोग गरेका सामान, उनका कृतिहरू राखिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

सजिलोपाना

सबै खबर एउटै पानामा