साझा यातायातको थप ३७ बिजुली बस नेपाल भित्रने

काठमाडौं । साझा यातायातको बाँकी रहेको ३७ वटा बिजुली बस पनि छिट्टै नेपाल आइपुग्ने भएको छ । ट्वीटरमा एक भिडिओ सार्वजनिक गर्दै बाँकी रहेको ३७ ओटा बिजुली बस नेपाल आउनको लागि चीनबाट हिडीँसकेको कम्पनीले जनाएको छ ।

साझा यातायातले गत असोज २२ गते चीनको सीएचटिसी किनविङ अटोमोबाइल कम्पनी लिमिटेडसँग ४० बस खरिदका लागि सम्झौता गरेको थियो । २६ सिट क्षमता भएका बस अपाङ्गमैत्री छन् । यी बस एकपटक चार्ज गरेपछि ४२ भन्दा बढी यात्रु लिई २०० किलोमिटर गुड्न सक्ने भनिएको छ ।

 

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्