ई. आकर्षण पोखरेलको उमेद्वारी काठमाडौँ क्षेत्र नं. ७ बाट

काठमाडौँ । सासा बैङ्क्विटमा आयोजाना भएको प्रतिनिधि सभा निर्वाचनको लागि लौरो उमेद्वारी घोषणा कार्यक्रममा ई . आकर्षणले काठमाडौँ क्षेत्र नं. ७ बाट प्रतिनिधि सभा सदस्यमा उमेद्वारी दिने घोषणा गरेका हुन् ।

कार्यक्रममा बोल्दै उनले भने ” सिंगो काठमाडौँ बन्नका लागि काठमाडौं , भक्तपुर , ललितपुरको उस्तै कार्ययोजना बन्नुपर्छ । मेरो उम्मेद्बारीको प्रमुख उदेश्य भनेको अनिवार्य आवस्यकता पूरा तथा पुर्वाधारको व्यबस्थित गर्ने हो । राजनितिमा म बिकल्प होइन आवस्यकता हुँ । मैले जित्दा यो पटक जनताले जित्छ्न किनकी मैले समाधान गर्ने समस्या जनताको समस्या हो । म पूरा नहुने सपना देखाउँदिन ।

त्यस्तै कार्यक्रममा बोल्दै उनले भने, ” योजना, योग्यता , क्षमता , बिशेषज्ञता र बिबेक यी पाँच कुरा उमेदवारमा चाहिन्छ र त्यो लौरो अभियानमा छ । “

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्