Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

दशैंमा वर्षाको सम्भावना, यस्तो छ मौसम पूर्वानुमान

Nanu Bhatta
२०७९ आश्विन १४, शुक्रबार

काठमाडौँ । यसपालि दशैंमा वर्षाले दुःख दिने देखिएको छ। मौसमविद्का अनुसार नवमीदेखि द्वादशीसम्म नेपालमा पानी पार्ने प्रणाली मनसुन सक्रिय हुने सम्भावना बढेको हो।

मौसम पूर्वानुमान महाशाखाले शुक्रबार अपराह्न ४ बजे ‘दसैँका लागि विशेष मनसुन बुलेटिन–७’ जारी गरी दसैंको अवधिमा देशभर वर्षा हुने प्रक्षेपण गरेको हो। कतिपय प्रदेशमा निकै ठूलो वर्षा हुने सम्भावना पनि देखिएको छ।

बुलेटिनअनुसार बंगालको खाडीमा विकास भइरहेको न्यून चापीय क्षेत्र उत्तर पश्चिमतर्फ सर्दै जाने क्रममा असोज १८ गते नवमी देखि नेपालमा पनि यस प्रणालीको प्रभाव पर्ने देखिएको हो। जसले गर्दा नवमीबाट वर्षाको मात्रा बढ्दै द्वादशी असोज २१ सम्मै देशभर पानी पर्ने सम्भावना देखिएको हो।

यस्तो छ मौसम पूर्वानुमान महाशाखाले गरेको वर्षा अनुमान मंगलबार नवमी देशभर आंशिकदेखि सामान्यतया बदली रही प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

प्रतिक्रिया

लेखकको बारेमा