खाँदबारी । सङ्खुवासभाको खाँदबारी नगरपालिका-१ चाँदनी चोकमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा मोरङको केराबारी गाउँपालिका-९ का ४२ वर्षीय बद्री विष्ट रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए।
शुक्रबार दिउँसो तीन बजे खाँदबारी-१ चाँदनी चोकस्थित नेपाल रेडक्रस सोसाइटीको ब्लड बैङ्कको निर्माणाधीन भवनमा काम गर्ने क्रममा साइट इन्चार्ज विष्ट करेन्ट लागेर घाइते भएका थिए।
उनको उपचारका क्रममा सङ्खुवासभा जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरी नायव उपरीक्षक गोदारले बताए।
प्रतिक्रिया