काठमाडौँ । नेकपा एमालेको मोरङ जिल्ला कमिटी सदस्य समेत रहेकी पथरी शनिश्चरे नगरपालिकाकी पूर्व उपमेयर यमुना विष्टले पार्टी परित्याग गरेको घोषणा गरेकी छिन् ।
उनले शुक्रवार सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटसलेख्दै पार्टी परित्याग गरेको घोषणा गरेकी हुन् । उनले स्ट्याटसमा लेखेकी छिन ‘अब धेरै भयो मेरो इमान निष्ठा सबै भन्दा ठुलो हो आजबाट नै पार्टीबाट बिदा हुने निर्णय गरेँ।’
टिकट वितरणमा असन्तुष्ट भएर पार्टी परित्याग गरेको हुनसक्ने एमालेका नेताहरूको भनाइ रहेको छ । स्थानीय तहको निर्वाचनमा दोहरिने इच्छा राखेपनि टिकट नपाएपछि उनी रुष्ट बनेकी थिइन् ।
प्रतिक्रिया