सल्यानमा जिप दुर्घटना : २ जनाको मृत्यु

काठमाडौं। सल्यानमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु साथै १७ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सल्यानका डीएसपी दामोदर केसीका अनुसार शनिबार बिहान कुमाख गाउँपालिका–६ जिमाली नजिकै दुर्घटना भएको हो । दुर्घटनामा ३९ वर्षीय मानबहादुर पुन र १४ वर्षीया अनिता पुनको मृत्यु भएको उनले जानकारी दिए ।

डुमकोटबाट धार्मिक पर्यटकीयस्थल खैराबाङ भगवतीको दर्शन गर्न आउँदै गरेका यात्रु बोकेको रा १ ज ७९८ नम्बरको जिप दुर्घटनामा परेको प्रहरीले बताएको छ ।

दुर्घटनामा घाइते भएकाहरूलाई उद्धार गरी जिल्ला अस्पताल पठाइएको छ । जिपमा १९ जना यात्रु सवार रहेको र घाइतेहरूको विवरण आउन बाँकी रहेको डीएसपी केसीले जनाए ।

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्