कमल थापाले भने नेपालमा बिदेशी प्रभाव पर्‍यो

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले देशमा विदेशी प्रभाव बढाउने खेल भएको आरोप लगाउँदै जनतालाई सचेत रहन आग्रह गरेका छन् ।

आज बागमती गाउँपालिकाको फापरबारिमा आयोजित सभालाई सम्बोधन गर्दै थापाले राष्ट्रलाई माया गर्ने र विदेशी चलखेलबाट देशलाई मुक्त पार्न चाहनेहरुजती आगामी चुनावमा सबै एकजुट हुनुपर्नेमा जोड दिए ।

पछिल्लो समय मुलुकलाई स्थिरता र समृद्धिको बाटोबाट लैजानेभन्दा अस्थिर बनाइ विदेशी प्रभावलाई बढाउने खेल भैइरहेको भन्दै थापाले अब जनता सचेत र जागरुक हुनुपर्नेमा जोड दिएका हुन् ।

 

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्