काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली साढे ५ वर्षपछि आज सप्तरी आउँदै छन् । ०७३ फागुन २३ गते सप्तरीको मलेठमा पाँच जनाको ज्यान जानेगरी भएको घटनापछि ओली मधेसका अन्य विभिन्न जिल्ला गए पनि सप्तरी आएका थिएनन् ।
सप्तरीको राजविराजमा निर्माण हुने रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिलान्यास तात्कालीन प्रधानमन्त्री ओलीले नै गर्ने कार्यक्रम भए पनि उनी सप्तरी आएनन् । ०७८ असार २२ गते उक्त शिलान्यास ओलीले काठमाडौंमै रहेर भर्चुअल माध्यमबाट गरेका थिए ।
ओलीले सम्बोधन गर्ने कार्यक्रम सप्तरीमा पूर्व(पश्चिम राजमार्ग छेउमा राखिएको छ । एमाले सप्तरीका अध्यक्ष ताराकान्त चौधरीका अनुसार पार्टी प्रवेश र सभा कार्यक्रममा प्रमुख अतिथिका रूपमा अध्यक्ष ओली आउन लागेका हुन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनरुप नगरपालिकास्थित धर्मेश्वर अस्पतालदेखि पश्चिम रहेको खुल्ला मैदानमा ओली सम्मिलत कार्यक्रम तोकिएको हो ।
प्रतिक्रिया