एमाले उम्मेदवार घोषणा गर्न गठबन्धन सिट बाँडफाँटको अन्तिम सूची कुर्दै

काठमाडौँ । आसन्न प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारको घोषणा गर्न नेकपा एमालेले सत्तारुढ पाँच दलीय गठबन्धनको सिट बाँडफाँटको अन्तिम सूची पर्खने भएको छ ।

नेकपा एमालेको बिहीबार बसेको सचिवालय बैठकले उम्मेदवारहरुको टुंगो लगाउने जिम्मेवारी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ । यसअघि शुक्रबार नै एमालेले आफ्ना उम्मेदवारहरुको सूची सार्वजनिक गर्न सक्ने अनुमान गरिएको थियो । तर, गठबन्धनले सिट बाँडफाँटको टुंगो नलगाएकाले एमालेले यो सूची सार्वजनिक गरेको छैन ।

पछिल्लो समय नेकपा एमालेमा यसअघि १० बुँदे सम्झौता गरेका नेताहरुलाई अध्यक्ष ओलीले टिकट दिन नचाहेको र टिकट चाहनेले आत्मालोचना गर्नु पर्ने चर्चा चलेको थियो । तर, यसलाई ओली स्वयंले निराधार चर्चा चलेको बताएका छन् ।

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्