+
Search

ताजा अपडेट +

पपुलर +

बिजया दशमिको दिनमा पानी पर्न सक्ने

Nanu Bhatta
२०७९ आश्विन १५, शनिबार
काठमाडौं । यसपालिको विजयदशमीका दिन पानी पर्न सक्ने चेतावनी दिएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले नवमीदेखि द्वादशीसम्म पानी पर्ने प्रक्षेपण गरेको हो। महाशाखाका अनुसार हाल बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय क्षेत्र उत्तर पश्चिमतर्फ सर्दै जाने क्रममा देशभर वर्षाको सम्भावना देखिएको हो । नवमीका दिन प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। टीकाको दिन असोज १९ गते देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुनुका साथै गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।  

प्रतिक्रिया

लेखकको बारेमा