Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

बाटोको अवस्थाका कारण टिकट बिक्रीमा अन्योल

Nanu Bhatta
२०७९ आश्विन १५, शनिबार
काठमाण्डौ । गत असोज १ गतेदेखि अग्रीम टिकट बुकिङ खुला गरिएको भए पनि नयाँबसपार्क तथा विभिन्न टिकट काउन्टरमा चाप बढेको देखिन्छ। सीट नपाएपछि आफूहरूले बसको क्याबिनको टिकट लिनुपरेको र मुढामै बसेर यात्रा गर्नुपर्ने अवस्था पनि आएको सर्वसाधारणको भनाइ छ। तर यातायात व्यवसायीहरू भने सडकको अवस्थाका कारण निर्धारित समयमा गाडी आवतजावत गर्न नसक्ने भएकोले टिकटको बिक्रीमा टुङ्गो लगाउन नसकिएको बताउँछन्। प्रहरीका अनुसार निर्धारित भाडाभन्दा बढी लिने यातायात कर्मचारी तथा विभिन्न बहानामा यात्रु ठग्ने बिचौलियालाई प्रहरीले पक्राउ गरिएको छ।  

प्रतिक्रिया

लेखकको बारेमा