Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

यु१७ टोलीको बिदाई

Nanu Bhatta
२०७९ आश्विन १५, शनिबार

काठमाडौं । भियतनाममा हुने एएफसी यु १७ एसियन कप छनोट खेल्ने नेपाली टिमलाई अखिल नेपाल फुटबल संघ ९एन्फा०ले बिदाई गरेको छ ।एन्फा मुख्यालय सातदोबाटोमा शनिबार बिहान वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का र नवनियुक्त कार्यसमिति सदस्य रुपेश अधिकारीले युवा टिमलाई बिदाई गरे । ५ अक्टोबरदेखि सुरु हुने प्रतियोगितामा नेपाल समूह ‘एफ’ मा छ । नेपालको समूहमा घरेलु टिम भियतनाम, चाइनिज ताइपेइ र थाइल्यान्ड छन् ।

नेपालले ५ अक्टोबरमा थाइल्यान्डविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । ७ अक्टोबरमा हुने दोस्रो खेलमा नेपालले घरेलु टिम भियतनामको सामना गर्नेछ । यस्तै, समूह चरणको अन्तिम खेलमा नेपालले ९ अक्टोबरमा चाइनिज ताइपेइविरुद्ध खेल्नेछ ।

प्रतिक्रिया

लेखकको बारेमा