बागमती सफाइ महाअभियान दशैंमा पनि

काठमाडौं । नवरात्रका अवसरमा धेरै मानिस थातथलोमा फर्केर रमाइरहँदा पनि बागमती सफाइ अभियानकर्मी भने बिहानैदेखि नदी सफाइमै भटिए । ‘राष्ट्रको लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ २०७० जेठ ५ गतेदेखि शुरु भएको सफाइ महाअभियान शनिवारदेखि ४९०औँ हप्तामा प्रवेश गरेको हो ।

सफाइका क्रममा वाग्मती अभियानकर्मी चक्रबहादुर चन्दको जन्मदिनका अवसरमा नदी किनारमा वृक्षरोपण पनि गरिएको थियो । महाअभियानले अर्को शनिवार बुद्धनगर पुलभन्दा पश्चिम झोलुंगे पुलअघि संयुक्त राष्ट्रसंघीय उद्यानसँगैको भागमा सफाइ गर्ने भएको छ । अर्को शनिबार पनि बडादसैँ नै भए पनि सफाइ अभियान जारी रहने जनाइएको छ ।

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्