काठमाडौं । जनता समाजवादी पार्टी जसपा सिट बाँडफाँटको विषयलाई लिएर सत्तारूढ गठबन्धनसँग असन्तुष्ट बनेको छ। पाँच दलीय गठबन्धनको एक घटक जसपा सिट बाँडफाँटमा अन्यायमा गर्न लागिएको भन्दै असन्तुष्ट बनेको हो। जसपाका अध्यक्ष उपेन्द्र यादवले सार्वजनिक रूपमै सिट बाँडफाँटमा अहिले भइरहेको छलफलप्रति असन्तुष्टि पोखेका छन्।जसपाका अन्य नेताहरूले पनि अध्यक्ष यादवकै शैलीमा पार्टीले मधेसमा एक्लै चुनाव लड्ने चेतावनी दिइरहेका छन्। जसपा स्रोतका अनुसार प्रतिनिधिसभामा मधेस प्रदेशका ३२ सिटमध्ये कम्तीमा १५ स्थान आफूहरूका लागि छुट्ट्याउनुपर्ने जसपाका नेताहरूको अडान छ। गठबन्धनमा रहेका अन्य दलहरू भने मधेस प्रदेशमा जसपालाई १५ सिट दिन तयार छैनन्। स्रोतको भनाइ छ, ‘बढीमा १२ सिट जसपालाई दिने गठबन्धनको तयारी छ।’
जसपा र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को आधारभूमि मधेस हो। पछिल्लो समय लोसपाका केन्द्रीय नेताहरू एकएक गरी एमालेमा प्रवेश गरिरहेका छन्। केन्द्रीय नेताहरू एमालेमा प्रवेश गरे पनि तल्लो तहका कार्यकर्ताहरू धमाधम जसपामा प्रवेश गरिरहेको नेताहरूको दाबी छ।
प्रतिक्रिया