काठमाडौं। काठमाडौं महानगरको सेनिटरी प्याड वितरण तथा व्यवस्थापन समितिले पूर्णता पाएको छ । महानगरका प्रमुख बालेन्द्र शाह ९बालेन० को अध्यक्षतामा शुक्रबार राष्ट्रिय सभा गृहमा बसेको नवौँ कार्यपालिका बैठकले सदस्यहरु चयन गरेर समितिलाई पूर्णता दिएको हो । यही व्यवस्थाका आधारमा कार्यपालिका बैठकले उपप्रमुख सुनिता डंगोलको संयोजकत्वमा कार्यपालिका सदस्य मैयाँलक्ष्मी महर्जन, प्रधानाध्यापकहरुकातर्फबाट विश्वनिकेतन माध्यमिक विद्यालय, त्रिपुरेश्वरका प्रधानाध्यापक हेरम्बराज कँडेल चयन भएका छन् ।
कार्यक्रमका लागि संघीय सरकारले बजेट दिन्छ । महानगरका सामुदायिक विद्यालयहरुमा २०७६ सालबाट प्याड वितरण सुरु भएको हो । शिक्षा विभागका प्रमुख रामप्रसाद सुवेदीकाअनुसार कक्षा ५ देखि कक्षा १२ सम्मका छात्राको अनुपातमा अनुदान दिएर कार्यक्रम थालिएको थियो । प्याड प्राप्त गर्न महानगरले २०७७ सालमा बोलपत्र आह्वान गरेको थियो । निर्देशिकाको मापदण्डअनुसार सामान प्राप्त हुन नसकेपछि बोलपत्र रद्द गरियो ।
काठमाडौं महानगरपालिकाले अगाडि सारेको धुम्रपान निषेध अभियानलाई सफल बनाउन बालबालिका र विद्यालय क्षेत्र नजिक विक्री वितरणमा रोक लगाउन उपप्रमुख सुनिता डंगोलले जोड दिइन् । उनको प्रस्तावपछि कानुनले तोकेको दुरीभित्र चुरोट तथा सूर्तीजन्य विक्रीमा रोक लगाउने निर्णय भयो । यसैगरी कीर्तिपुरमा रातो मच्छिन्द्रनाथको मूर्ति स्थापनाका लागि करिब १७ लाख रुपैयाँ आर्थिक अनुदान उपलब्ध गराउने निर्णय गरेको छ ।
प्रतिक्रिया