काठमाडौं । विगत एक वर्षदेखि शिथिल बन्दै आएको सेयर बजार अब कता जाला रु के होला रु भन्ने सर्वत्र चासोको विषय बनिरहेको छ । किन भने दसैंअघिको तीन दिनको कारोबारमा नेप्सेले केही सकारात्मक संकेत देखाएको छ । दसैंअघि बजार बढेर बन्द भएको छ । पछिल्ला दिनहरुमा वित्तीय प्रणालीमा तरलता अवस्था केही सहज हुँदै गएको छ । सीडी रेसियो पनि क्रमशः घट्दै आएको छ । लाभांशको सिजन पनि चलेको छ । यस्तै, विगत वर्षहरुका उदाहरण हेर्ने हो भने पनि तरलता र ब्याजदर पनि चक्रीय प्रणालीमा आधारित हुने गरेको छ ।
हाम्रो प्रणालीमा तरलता अभाव भएको पनि लामो समय भइसकेको छ । सोही कारण विगत १ वर्षदेखि ब्याजदर पनि निरन्तर बढिरहेको छ । तर अहिले ब्याजदर उच्च विन्दुमा पुगिसकेको छ । अब विस्तारै उच्च विन्दुबाट तलतिर आउने प्रक्षेपणहरु भइरहेका छन् । पछिल्ला दिनहरुमा वित्तीय प्रणालीमा विस्तारै थपिंदै गएको निक्षेपले पनि यही संकेत गर्दछ ।
चुनाव नजिकिंदैछ, यसले पनि बजारमा पैसाको आपूर्ति वृद्धि गर्न सहयोग पुग्नेछ ।
प्रतिक्रिया