दशैं विशेष लोक सांस्कृति प्रदर्शनी कार्यक्रम

काठमाडौं । बुढी गण्डकी कला , साहित्य , लोक संस्कृति संरक्षण मञ्चले बडा दशै २०७९ को सु-अवसरमा यही मिति २०७९ असोज १८ गते महानवमीका दिन गण्डकी गा.पा -३ फुजेल आमडाडामा वृहत सांस्कृतिक कार्यक्रम आयोजना गर्दैछ ।

उक्त वृहत सांस्कृतिक महोत्सव तथा शुभकामना आदान-प्रदान कार्यक्रममा कुनै पनी प्रतियोगितात्मक कार्यक्रम नहुने र स्थानिय कला संस्कृतिको जगेर्ना हुने गरी प्रदर्शनी गरिने कुराको जानकारी उक्त मञ्चका सम्योजक कृष्ण प्रसाद भट्टराईले जानकारी दिए ।

कार्यक्रमका अध्यक्ष ध्रुव प्रसाद ढकाल बताऊँछन् “कार्यक्रममा स्थानीय पञ्चेबाजामा प्रत्यक्ष दोहोरी , भजन , बालनका साथमा चरित्र नृत्य, लाखेनाच र गुरुङ् समुदायको चुड्का साथमा ख्याती प्राप्त गायक मौसम गुरुङको विशेष प्रस्तुति रहने छ ।”

यस अगाडी हुने चाडपर्व विशेष कार्यक्रमहरु भन्दा फरक तरीकाको ऊर्जा बोकेको यो एउटा महोत्सव मात्र नभइ सांस्कृतिक एकताको प्रतीकको रुपमा परिभाषित गर्न सकिने कुरा स्थानीय बताऊँछन् ।

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्