Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

मेयर बालेन शाहको पुत्ला दहन

अरुणा ढकाल
२०७९ आश्विन १५, शनिबार

काठमाडौँ । सामुदायिक भवनमा डोजर चलाएको विरोधमा काठमाडौँको बांगेमुढामा स्थानीय बासिन्दाले नाराजुलुससहित मेयर बालेन शाहको पुत्ला दहन गरेका छन् ।

उनीहरुले काठमाडौँका शाहविरुद्ध नाराबाजीसहित पुत्ला दहन गरेका हुन् । ‘डोजर आतंक बन्द गर, नेवा एकता जिन्दावाद, नेवा विरोधी होसियार’ सहितका नारा उनीहरुले लगाएका थिए ।

महानगरपालिकाले शुक्रबार वडा नम्बर २५ बांगेमुढामा रहेको एक सामुदायिक भवन डोजर लगाएर भत्काएको थियो । स्थानीय बासिन्दाले त्यसको विरोध गरेका हुन् ।

आन्दोलनलाई समर्थन गर्दै मेयरका उम्मेदवार समेत रहेका सुमन सायमी पनि त्यहाँ पुगेका थिए । उनले भाषण गर्दै महानगरले कानून विपरित काम गरेको आरोप समेत लगाए ।

प्रतिक्रिया

लेखकको बारेमा

अरुणा ढकाल