हेर्नुहोस् कस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं । देशका पहाडी भूभागमा आज दिउँसो आंशिकदेखि सामान्य बदली र बाँकी भूभागहरूमा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बाग्मती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी भूभागका एक–दुई स्थानमा मेघ गर्जनरचट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

यस्तै, आज राति पनि देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली हुने र बाँकी भूभागहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भूभागका एकाध स्थानमा मेघ गर्जनरचट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ ।

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्