Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

इटहरीका पूर्वमेयर माओवादीमा प्रबेश

Nanu Bhatta
२०७९ आश्विन १६, आईतवार

इटहरी । इटहरी उपमहानगरपालिकाका पूर्व मेयर द्वारिकलाल चौधरीले नेकपा माओवादी केन्द्र रोजेका छन् ।

चौधरी पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटार पुगेर माओवादी केन्द्रमा औपचारिक रुपमा प्रवेश गरेका हुन् । उनलाई माओवादी केन्द्रले सुनसरीबाट प्रदेश सांसदको निर्वाचनमा टिकट दिने सम्भावना रहेको बताइन्छ ।

चौधरीसँगै अरु १० जनाले पनि माओवादी केन्द्रको सदस्यता लिएका छन् । उनीहरुमा इटहरी १ का देवु सदा, जयराम सदा र जगदीश सदा छन् । त्यसैगरी वडा नम्बर १७ का पुरके सदा, भूमिनारायण चौधरी, खुशीलाल चौधरी, दुःखीलाल चौधरी, कुलदीप चौधरी र रुप सदाले पनि अध्यक्षको हातबाट खादा लगाएका हुन् ।

 

प्रतिक्रिया

लेखकको बारेमा