Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

नागढुङ्गादेखि नौबिसे सडकखण्डमा घण्टौं जाम

Nanu Bhatta
२०७९ आश्विन १६, आईतवार
काठमाण्डौ । दशैँका लागि गाउँघर फर्किनेको संख्या बढेसँगै काठमाण्डौसँग जोडिएको मुख्य नाका नागढुंगा नौबिसे सडकखण्डमा केही दिन यता लामो जाम हुने गरेको छ । आज पनि यो सडकखण्डमा बिहानैदेखि गाडीको लामो जाम छ । नागढुंगादेखि सुरुङमार्गसम्म नै जाम रहेको प्रहरीले जनाएको छ । हिजो र अस्ति पनि यो सडकखण्डमा लामो जाम थियो । गाडीको संख्या बढेसँगै जाम बढेको हो । गाउँ घरका लागि हिँडेकाहरु घण्टौंसम्म जाममा बस्न बाध्य छन् । काठमाण्डौसँगै जोडिएको अर्को मुख्य नाका कोटेश्वरमा पनि चापमा गाडी चलिरहेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा