काठमाडौं । काठमाडौं महानगरपालिकाले दशैंमा निस्शुल्क एम्बुलेन्स सेवा दिने भएको छ।
डेंगु महामारीकै रुपमा फैलिरहेको अवस्थामा दशैं अवधिमा महानगरले नागरिकका लागि स्वास्थ्य सेवा उपलब्ध गराउने मेयर बालेन शाहले बताए।
डेंगुबारे जानकारी लिनका लागि महानगरपालिकाले हटलाइन सेवा पनि दिनेछ। जसका लागि ११८० मा फोन गरेर सेवा लिन सकिनेछ। एम्बुलेन्स सेवाका लागि १०२ मा सम्पर्क गर्न सकिने मेयर शाहले जानकारी दिए।
दशैं अवधिमा महानगरमा ५५८ स्वयमसेवक खटाइनेछ। उनीहरूले सिटामोल र जीवनजल वितरण गर्नेछन्। यता देशभर नेपालमा डेंगुका बिरामीको संख्या ३० हजारभन्दा माथि उक्लिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साउनयता डेंगु संक्रमितको संख्या बढेको हो। हाल देशभर ३० हजार १८६ जना डेंगुका बिरामी रहेको मन्त्रालयले जनाएको छ।
प्रतिक्रिया