Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

बलात्कारको झुटो जाहेरी दिने महिला प्रहरीद्वारा पक्राउ

Nanu Bhatta
२०७९ आश्विन १६, आईतवार
भक्तपुर । भक्तपुर प्रहरीले आफूमाथि बलात्कार भएको भनेर जाहेरी दिएकी महिलालाई पक्राउ गरेको छ । महिलाले दिएको जाहेरी झुटो ठहरिएपछि उनलाई नै पक्राउ गरेको प्रहरीको भनाइ रहेको छ । यसरी झुटो जाहेरी दिने महिला नवलपरासी वर्दघाट चिसापानी घर भई हाल काठमाडौ जडिबुटी डेरा गरी बस्ने ३४ वर्षीया रहेकी छिन् । आफुलाई भक्तपुर जिल्लाको लोकन्थलीमा ल्याई अचेत बनाई एक पुरुषले जबरजस्ती करणी गरेको भनी प्रहरी वृत्त ठिमीमा असत्य जाहेरी दिएको देखिएकाले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । महिलाको निवेदन उपर अनुसन्धान गर्दा उक्त प्रकृतिको कुनै पनि घटना नभएको देखिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । पुरुष व्यक्तिलाई फसाउने नियतले कपोलकल्पित घटना बनाई जाहेरी दरखास्त समेत दिएको हुँदा निज महिलालाई पक्राउ गरेको परिसर भक्तपुरले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा