+
Search

ताजा अपडेट +

पपुलर +

गुणस्तरीय मासु कसरी चिन्ने ?

Nanu Bhatta
२०७९ आश्विन १६, आईतवार
काठमाडौं । दशैं भनेपछि एकाधलाई छाडेर सबैको भान्सामा मासुको परिकार पाक्ने गर्दछ । दशैंको सुरुवात घटस्थापनादेखि नै मासुका परिकार खाने गरिन्छ । मासु खाँदै गर्दा आफूले खाने मासुको गुणस्तर कस्तो छ भन्ने जानकारी हुन जरुरी हुन्छ । मासु स्वस्थ्यकर छ वा छैन सबै कुरामा ध्यान दिनुपर्दछ । मासु पौष्टिक आहार हो, जसमा १४ देखि २० प्रतिशतसम्म प्रोटिन पाइन्छ । पौष्टिक आहार भन्दैमा यसको प्रयोग सही र उचित मात्रामा नभए यसले स्वास्थ्यलाई नकारात्मक असर पुर्‍याउन सक्छ । यसर्थ मासु सेवन गर्नु पूर्व निम्न कुरामा ध्यान दिनुपर्दछ । केको मासु सेवन गर्ने रु मासुमा पनि दुई प्रकार हुन्छन् । पहिलो भनेको रातो मासु जुन चारखुट्टे जनावरको । खसी, बोका राँगाको मासु रातो मासु हो जसको अधिक प्रयोगले मानिसको मुटुमा असर पार्नुका साथै उच्च रक्तचाप निम्त्याउने र क्यान्सरको सम्भावना पनि बढाउँछ । त्यस्तै रातो मासुको सेवनले शरिरमा भएका विभिन्न हड्डीहरू कमजोर भई हाडजोर्नी सम्बन्धी रोग लाग्ने सम्भावना अत्यधिक हुन्छ भन्ने चिकित्सकहरूको भनाइ छ । त्यसैगरी माछा, कुखुरा र पन्छी वर्गको मासुलाई सेतो मासुका रूपमा हेरिन्छ । रातो मासुको तुलनामा सेतो मासु राम्रो मानिन्छ । सजिलै पचाउन सकिने यसको साधारण विशेषता हो भने अन्य धेरै फाइदा पनि सेतो मासुमा पाइन्छ । आफूले खाने खसी बोका कस्ता छन् रु खसी बोका वा पन्छीको खरिद गर्नु पूर्व खसी बोकाको स्वास्थ्य कस्तो छ, त्यसमा पनि ध्यान दिनुपर्दछ । झोक्र्याएर बसेको अति दुब्लो, आँखा आवश्यकताभन्दा बढी रसिलो भएको, लगायत अस्वस्थ जस्तो देखिने खसी बोका किन्नुहुँदैन वा यिनीहरूको मासु खान हुँदैन । त्यस्तै मासु खरिद गर्नु पूर्व मासुको छनौटमा पनि त्यत्तिकै ध्यान पुर्‍याउनु पर्दछ । नेपालका धेरै वधशाला नियमअनुसार सञ्चालनमा चलेका छैनन् । अव्यस्थीत वधशालामा काटिएको खरिद गर्नुहुँदैन । त्यस्ता ठाउँबाट मासु खरिद गरी सेवन गर्नाले मासुसँगै त्यसमा भएको कीटाणुले शरिरमा प्रवेश गर्ने हुनाले रोगको सङ्क्रमण हुन्छ । मासु काट्ने स्थान र हात हतियार पनि सफा हुनुपर्दछ । यसर्थ मासु खरिद गर्नु पूर्व मासु किन्ने पसल, काट्ने मानिस, काटेको स्थान, अचानो, चलाएको हतियार, लगाएको पोसाक, काटेको तरिका, तराजुको सफाइमा ध्यान दिएर मात्र मासु किन्नुपर्छ । गुणस्तरीय मासु कसरी चिन्ने रु स्वस्थ्य वर्द्धक मासु चिन्न नसकेको खण्डमा हाम्रो शरीरले दुःख पाउँछ । अस्वस्थ्यकर मासुको सेवनले दशैं दशैं नभई दशा पनि बन्न सक्छ । त्यसैले बाहिर झुन्ड्याएर राखिएका मासुमा ब्याक्टेरियाको सङ्क्रमण हुने हुँदा त्यस्तो मासु खरिद गर्नुहुँदैन । मासु फ्रिजमा अलग अलग गरी छोपेर सफा चलेको फ्रिजमा राखेको हुनुपर्छ । पसलमा पुग्दा तपाईँले ध्यान दिनै पर्ने कुरा हो । मासु हलुका गुलाबी रङ्गको छ भने त्यसमा केही न केही खराबी छ भन्ने बुझ्दा हुन्छ । मासु हरियो तथा प्याजी रङ्गको भएमा त्यो खान अयोग्य भइसकेको प्रस्ट हुन्छ । यस्तै मासुबाट कुनै पनि किसिमको अमिलो, बिग्रिएको, नमिठो गन्ध आएको छ भने मासु किन्नु हुँदैन । मासु काट्दा र समाउँदा धेरै तन्केको जस्तो भएमा त्यो मासु बासी हो ।  

प्रतिक्रिया

लेखकको बारेमा