+
Search

ताजा अपडेट +

पपुलर +

दसैंका लागि उपत्यका छाड्ने बढ्दै

Nanu Bhatta
२०७९ आश्विन १६, आईतवार

काठमाडौँ। काठमाडौंको नागढुंगामा सवारी साधनको चाप बढेकाले त्यहाँबाट सुरू भएको आज बिहानको जाम थानकोटसम्म आइपुगेका थियो।

सवारी साधनको लाम शुक्रबार साँझ पनि उत्तिकै थियो। काठमाडौंको कलंकी होस् या अन्य विभिन्न नाकामा त्यसैगरी सवारी साधनको चाप छ। यात्रुको भीड पनि उत्तिकै छ। प्रहरीलाई सवारी साधनको भीड मिलाउन हम्येहम्ये परिरहेको सडकमा देख्न सकिन्छ। हिन्दूको महान पर्व दसैंको मुख्य दिन नजिकिएसँगै काठमाडौं उपत्यका छाड्ने नेपालीको संख्या दिनदिनै बढ्दो छ। अन्य समयमा शनिबार प्रायः खाली हुने काठमाडौंका सडकमा आज भने सवारी साधनको बाक्लो उपस्थिति छ।

यही असोज १० गतेदेखि १४ गते शुक्रबारसम्म कूल तीन लाख ५३ हजार ४८५ बाहिरिएका छन्। आज भने झण्डै दुई लाख बाहिरिने अनुमान गरिएको छ। प्रहरीका अनुसार कूल ५० हजार सवारी साधनमा उनीहरू बाहिरिएका हुन्। आजदेखि दसैं बिदा भएकाले आज भने सडकमा अत्यधिक भीड रहेको र विभिन्न नाका तथा बसपार्क क्षेत्रमा उपत्यका छाड्ने यात्रुको बाक्लो उपस्थिति रहेको प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीको भनाइ थियो।

प्रतिक्रिया

लेखकको बारेमा