+
Search

ताजा अपडेट +

पपुलर +

भारतका १३ सहरमा सुरु भयो फाइभजी

Nanu Bhatta
२०७९ आश्विन १६, आईतवार

काठमाडौं । छिमेकी मुलुक भारतमा शनिबारदेखि फाइभजी सेवा सञ्चालनमा आएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय मोबाइल कांग्रेस आईएमसी २०२२ को उद्घाटन कार्यक्रममार्फत फाइभजी सेवाको सुरुवात गरेका हुन् । सन् २०२१ को अन्त्यमै फाइभजीको सफल परीक्षण सम्पन्न गरेको भारतले अन्ततः शनिबारबाट फाइभजीको व्यावसायिक सुरुवात गरेको हो ।

योसँगै भारतका प्रयोगकर्ताले उच्च गतिको मोबाइल इन्टरनेट फाइभजीको मज्जा लिन पाएका छन् । सँगै भारत फाइभजी सेवा सञ्चालनमा ल्याउने मुलुकको सूचीमा समेत दर्ता हुन सफल भएको छ । विगत केही वर्षदेखि विश्व दूरसञ्चार बजारमा फाइभजीको विस्तार तीव्र गतिमा चलिरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा