विद्युतीय गाडीबाट लामो दूरीको यात्रा गर्दै हुनुहुन्छ रु यी ठाउँमा छन् चार्जिङ स्टेशन

काठमाडौं ।  विद्युतीय गाडीको बिक्री बढ्दै गएपछि सवारी बिक्रेता कम्पनीले आवश्यक पूर्वाधार विस्तारमा ध्यान दिन थालेका छन्। त्यही भएर नेपालभरी तीब्र रुपमा चार्जिङ स्टेसन विस्तार भएका छन्।

टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ इभीको पूर्वाधार विस्तारमा आक्रामक देखिएको छ। यसको इभी नेपालमा सबै भन्दा धेरै रुचाइएको छ। यो ब्रान्डको गाडी धेरै बिक्री भएको देखिन्छ।

पेट्रोल डिजल इन्जिनका गाडीहरुका लागि निश्चित दुरीमा पेट्रोल पम्प छन्, अब चार्जिङ स्टेशन बढ्दै गए इभी प्रयोगकर्तालाई धेरै सजिलो हुनेछ।

सिप्रदीले हाल काठमाडौंसहित पोखरा, इटहरी, भैरहवा, नरायणघाट, धार्के, मुल्कोट, हेटौडा, चुम्लिङटार र ढल्केवरमा चार्जिङ स्टेशन संचालनमा ल्याइसेको छ। यी गन्तव्यका चार्जिङ स्टेशनबाट विद्युतीय गाडी ९इभी० प्रयोगकर्ताले गाडीका लागि फास्ट चार्जिङको सुविधा लिइरहेका छन्।

एक वर्षको अवधिमा १६ फाष्ट चार्जिङ क्षमतासहितको चार्जर स्थापना गरिएको छ। यस्तै मल र रेष्टुरेन्ट लगायतका सार्वजनिक स्थानमा १२० भन्दा बढी एसी चार्जर जडान गरिसकेको सिप्रदीले जनाएको छ।

दशैंमा विद्युतीय गाडीमा घर जानेहरुले टाटाले स्थापना गरेको यी ठाउँहरुमा चार्ज गर्न सक्नेछन्। कम्पनीले बुटवल(पोखराबिच वालिङ, नारायणगढ, लमही, कोहलपुर, अत्तरिया र पूर्वतर्फ लहानमा चार्जिङ स्टेशन विस्तार गरिरहेको छ। यसैगरि कम्पनीले ८ ठाउँमा एसी चार्जर पनि निर्माण गरिरहेको छ। स्टेशनहरु यही दशैं(तिहारसम्म संचालनमा ल्याउने तयारी गरेको छ।

यसैगरि कम्पनीले बिर्तामोड(इटहरी, इटहरी(विराटनगर, इटहरी(जनकपुर, जनकपुर(वीरगंज, वीरगंज(नारायणघाट, नारायणघाट(बुटवल, बुटवल(भैरहवा, बुटवल(दाङ, दाङ(नेपालगञ्ज, नेपालगञ्ज(धनगढीसम्मको प्रत्येक २ सय किलोमिटरमा विद्युतीय चार्जिङ स्टेसन बनाएको छ।

बिवाइडीको १६ स्थानमा चार्जिङ स्टेसनहरु चलिरहेका छन्। कम्पनीले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा गरी ९ वटा र बाहिरी जिल्लामा ७ वटा सहित कुल १६ चार्जिङ स्टेशन सञ्चालनमा ल्याइएको छ। उपत्यका बाहिर पोखरा, बुटवल, लुम्बिनी, हेटौडा, बर्दिबास, चितवन र इटहरीमा चार्जिङ स्टेशन सञ्चालन भैरहेका छन्।

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्