काठमाडौं । नेपाली कांग्रेस मधेस प्रदेश कार्यसमिति प्रचार विभाग प्रमुख नितिशकुमार गुप्ताले राजीनामा दिएका छन् । उनी प्रदेशसभा समानुपातिकतर्फको उम्मेदवारका आकांक्षी थिए । तर, पार्टीले आइतबार पठाएको बन्दसूचीमा उनको नाम नपरेपछि उनले पदबाट राजीनामा दिएका हुन् ।
पार्टीले अपांगता भएका व्यक्तिलाई अवसर नदिएको भन्दै पार्टीको आलोचना गरेका छन् । समावेशिताका कुरा गर्दा प्रदेश नेतृत्वले कुरै नसुनेको र बेवास्ता गरेको उनको भनाइ छ ।
समानुपातिक बन्दसूचीमा नपरेपछि कांग्रेस मधेस प्रदेशका प्रचार विभाग प्रमुखले दिए राजीनामा
२०७९ आश्विन १६, आईतवार
प्रतिक्रिया