काठमाडौं । पल शाह र पूजा शर्मा अभिनित फिल्म ‘म यस्तो गीत गाउँछु २’ युट्युबमा सार्वजनिक गरिएको छ । सुदर्शन थापाको लेखन एवं निर्देशन रहेको फिल्म गत वर्षको फागुनमा देशव्यापी प्रदर्शनमा आएको थियो । प्रेम कथामा आधारित फिल्ममा पल र पूजाका साथमा हरिहर शर्मा, दिनेश डिसी, राजाराजेन्द्र पोखरेल, गणेश गिरी, सोनिका रोकाया लगायतको मुख्य भूमिका छ ।
फिल्मले युट्युबमा राम्रो प्रतिक्रिया पाईरहेको छ । शनिवार साँझ सार्वजनिक फिल्म छोटो समयमै राम्रो भ्युज पाउँदै युट्युबको शीर्ष स्थानमा उक्लिएको छ ।
प्रतिक्रिया