दशैं मनाउन घर आउनेको सीमा नाकामा लाग्यो लर्को

काठमाडौँ । नेपालीको महान चाड दशैं–तिहार मनाउन भारतका विभिन्न ठाउँबाट घर फर्केर आउनेको संख्या बढ्दैगएको छ । घटस्थापनाका दिनसम्म दैनिक चार–पाँच सय नेपालीहरु घर फर्कनेगरेका थिए ।

सोपछि फुलपाती वा सप्तमीसम्म यसअघि दैनिक तीन हजारसम्म नेपालीहरु घर फर्कने गरेको त्रिनगर प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक मीनबहादुर ऐरले बताए ।

भारतको गौरीफन्टा र नेपालको धनगढी अर्थात त्रिनगर नाकाबाट अधिकांश नेपाली फर्किरहेका छन् । घर फर्किनेमा अधिकांश दशैंपछि फर्किने बताउँछन् ।

केही मात्र तिहारपछि फर्किने बताएका छन् । “दशैंसम्मको मात्र छुट्टी पाएको छु त्यसैले २२ गतेतिर फर्किने योजनामा छु” कैलाली गोदावरी नगरपालिकाका जैसिंह नेपालीले बताए।

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्