+
Search

ताजा अपडेट +

पपुलर +

यात्रु टिकट नपाएर अलपत्र, दोष यात्रुकै भएको भन्दै पन्छिए यातायात व्यवसायी

अरुणा ढकाल
२०७९ आश्विन १६, आईतवार

काठमाडौं । नेपालीहरुको महान चाड दशैंको मुख्य दिन नजिकिएसँगै घर जाने यात्रुहरुको चाप बढेको छ। दैनिक करिब एक लाखबढीको संख्यामा यात्रु उपत्यकाबाट घरतर्फ जाँदैछन्। फूलपातिको दिन आइतबार पनि उस्तै भीड छ। लाखौं यात्रु सार्वजनिक सवारीमार्फत् घर गइरहेका छन्।

तर, सबैले घरसम्म पुग्नका लागि सवारी साधनको टिकट पाइरहेका छैनन्। काठमाडौंको गोंगबु बसपार्कमा बिहानैदेखि टिकटको लाइन लागे पनि सहज रुपमा टिकट पाइएको छैन।

टिकट काट्न आउने र अग्रिम टिकट काटेका सर्वसाधारणहरु बिहानैदेखि नयाँ बसपार्कमा रहेका छन्।त्यस्तै, यातायात व्यवसायीहरुले बसको टिकट छ भनेर काट्ने गरेको तर गाडी चल्ने बेलामा सिट नै खालि नरहेको उनीहरुको भनाइ छ।

बस व्यवसायीहरुले दोब्बर मूल्य भाडा लिएर रिजर्भमा पनि यात्रुहरुलाई ओसार्ने गरेको तर टिकट भने नदिएकोमा यात्रुहरुको चर्को गुनासो छ। उनीहरुले सरकारले दशैंमा घर जानेहरुलाई बसको टिकटको लागि आवश्यक व्यवस्था नमिलाएको आक्रोश समेत व्यक्त गरेका छन्।

यता, यातायात व्यवसायीहरुले भने 'अन द स्पोट' आएर जसरी पनि घर जानैपर्ने भन्ने सर्वसाधारणका कारण यी समस्या आइरहेको बताएका छन्। पूर्वाञ्चल संयुक्त यातायातका कर्मचारी खगेन्द्र बस्नेतले आज टिकट काट्न आउने र जसरी पनि जानैपर्छ भन्ने सर्वसाधारणहरुले यस्तो समस्या निकालिरहेको बताए।

प्रतिक्रिया

लेखकको बारेमा

अरुणा ढकाल