कमल खत्री र मेलिना मैनालीले कसे लगन गाँठो

काठमाडौं । गायक कमल खत्री र गायिका मेलिना मैनालीले विवाह गरेका छन् । उनीहरूले आइतबार परिवारको उपस्थितिमा विवाह गरेका हुन् ।

खत्रीले विवाहपछि सामाजिक सञ्जाल फेसबुकमा पोस्ट लेख्दै खुसी व्यक्त गरेका छन् । जीवनका हरेक उतारचढावमा सदैव एकअर्कालाई साथ दिने बाचा उनीहरूको छ । ‘केही हप्ता पहिले इन्गेज्मेन्ट गरेका दुवै जना आजबाट वैवाहिक बन्धनमा बाँधिएका छौँ । छर परिवारको उपस्थितिमा मात्र सामान्य तरिकाले हामीले विवाह गरेका हौँ । बिहेमा लाग्ने खर्च गरिब असहायलाई सहयोग गर्ने भनेर हामीले हाम्रो वैवाहिक जीवनको सुरुवात गरेका छौँ,’ खत्रीले भनेका छन् ।

खत्री र मैनालीले गत भदौ २६ गते इन्गेज्मेन्ट गरेका थिए । उनीहरू लामो समयदेखि प्रेम सम्बन्धमा थिए । तर, उनीहरूले सम्बन्धबारे इन्गेज्मेन्टभन्दा अगाडि सार्वजनिक गरेका थिएनन् ।

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्