१५ दिनमा १ करोड ३ लाखको तास आयात

काठमाडौं । भदौ महिनाको १५ दिनमै ६ लाख ७८ हजार बुक तास आयात भएको छ । सरकारले राजपत्रमार्फत १४ वैशाखमा तास आयातमा प्रतिवन्ध लगाएर १४ भदौमा प्रतिवन्ध खोलेको थियो ।

तर १५ दिनकै बीचमा १ करोड ३ लाख रुपैयाँ बराबरको तास आयात भएको भन्सार विभागले जानकारी दिएको छ । यसबाट ७४ लाख ६४ हजार भन्सार राजस्व पनि संकलन भएको छ । दशैंमा परिवार र साथिभाइले रमाइलो गर्न पनि धेरै खेलिने भएकाले तासको उच्च माग हुने गरेको छ ।

आयात खुलेको छोटो समयमै तासको आयातको दर भने समान्य छैन । साढे ९ महिनामै साढे १० करोडभन्दा बढी मूल्यको एक करोड ‘बुक’ तास (प्लेइङ कार्ड) आयात भएपछि वैशाखमा सरकारले तासको आयात रोकेको थियो । तास रोकेपछि क्यासिनोहरुले तास आयात खोल्न दबाब दिएका थिए ।

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्