छक्कबहादुर लामा एमाले प्रवेश गर्दै

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता तथा प्रतिनिधिसभाका सांसद छक्कबहादुर लामा नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् ।

अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आज हुने कार्यक्रममा लामा एमाले प्रवेश गर्न लागेका हुन् ।

२०७४ सालको आमनिर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर लामाले चुनाव जितेका थिए । उनी माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन् । लामाले एमालेमा आफ्नो प्रवेश राजनीतिको सेफ ल्यान्डिङ भएको बताए ।

‘म यसपटक उठ्न खोजेको थिइनँ तर मसँग सल्लाह छैन, सहकार्य छैन । उनीहरुको च्यानल हुँदा रहेछ त्यो च्यानल कहिले पनि नफुक्ने, थाहा पनि नदिने काम भयो,’ लामाले भने, ‘उम्मेदवारका लागि म जान खोजेको होइन । टिकटका लागि जान खोजेको होइन । मेरो लागि यो सेफ ल्यान्डिङ हो । विचारको कदर नहुने ठाउँमा के बस्नु ।’

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्