+
Search

ताजा अपडेट +

पपुलर +

पद भनेपछि मरिहत्ते गर्नेहरु जहाँ गएर इच्छाएको पद ‘पाइन्छ-जितिन्छ, त्यहीँ जाउन्’

अरुणा ढकाल
२०७९ आश्विन १७, सोमबार

गोरखा । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा यूवा नेता लेखनाथ न्यौपानेले टिकट माग्न गएका नेता प्रति कडा ‘कटाक्ष’ गरेका छन् । जानकारहरूका अनुसार पार्टी भित्र ‘बालुवा तस्करका नाइके भनेर चिनिए’का चुडामणी खड्का पक्षका यूवाहरूले उनको पक्षमा भोट नै माग्न थालेपछि उनको यस्तो भनाइ आएको हो ।

उनले समाजिक सञ्जाल फेसबुकमा लेखेका छन्- ‘कुनै पनि पदको कत्तिपनि लोभ छैन । पद माग्न (संगठनात्मकरराजकीय) कसैकोमा नजाने प्रतिबद्धता छ । पद भनेपछि मरिहत्ते गर्नेहरु जहाँ गएर इच्छाएको पद पाइन्छरजितिन्छ, त्यहीँ जाउन् । शुभकामना !’

सिरानचोक गाउँपालिका-३ हर्मीका यूवा नेता न्यौपाने गोरखा-२ का लागि बलियो दावेदार हुन् । उनी पार्टी भित्र उपाध्यक्ष नारायणकाजी श्रेष्ठ राष्ट्रिय सभाको सदस्य पनि भएकाले प्रतिनिधि सभा निर्वाचनमा भाग लिने सम्भावना कम छ ।

जानकारहरूका अनुसार पार्टी भित्र बालुवा तस्करका नाइके भनेर चिनिएका खड्का पक्षका यूवाहरूले उनको पक्षमा भोट नै माग्न थालेपछि उनको यस्तो भनाइ आएको हो ।

२०७० को निर्वाचन अघि उनी तत्कालिन माओवादीबाट मोहन बैघसहितका नेताहरू पार्टीबाट अलग भएपछि उनी पनि त्यतै लागे । कालान्तरमा उनी २०७४ को निर्वाचन अघि नै माओवादीमा नै फर्किए । पार्टी भित्र अध्यक्ष प्रचण्डको कडा आलोचकका रूपमा चिनिएका न्यौपाने प्रष्ट व्यक्ताका रूपमा चिनिन्छन् ।

आगामी प्रतिनिधि सभा गोरखा–२ मा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले मार्ग प्रशस्त गरिदिएपछि खड्कासहितका केहि नेता उचालिएका छन् ।

अझ नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा खड्काका व्यवशाही पार्टनर सुरेन्द्रराज पाण्डेसमेत उचालिएका थिए । उनले केहि समय अघि एक राष्ट्रिय टेलिभिजनमा अर्न्तवाता दिदै भनेका थिए- ‘कुनै पनि हालत गारखा–२ मा कांग्रेसकै उम्मेदवार हुने छ ।’

सत्ता गठबन्धनका साझेदार दलवीच सहमति भएपछि गोरखाका दुई क्षेत्रमा भागबन्डा लगाए। सत्ता गठबन्धन दलले गोरखा–१ कांग्रेसलाई दिएर गोरखा–२ माओवादीलाई दिएपछि खड्कासहितका नेता नारायणकाजी र न्यौपानेलाई रोक्न कस्सिएका छन् ।

पापार्टीका उपमहासचिव जनार्दन शर्मा निकटका खड्का केन्द्रीय सदस्य हरिराज अधिकारीसहितका गोरखाका माओवादी नेता नारायणकाजी र न्यौपाने रोक्न प्रचण्ड निवास पुगेका थिए ।

उनीहरू पुगेको थाहा पाएपछि न्यौपानेले कटाक्ष गरेका हुन् । गोरखाका नेताहरू बाबुराम–नारायणकाजीपछि विद्यार्थी राजनीतिबाट उदाएका यूवा नेता नयौपानेलाई गोरखा–२ को टिकट दिनेपर्ने गरि दवाव दिएका छन् । अधिकारीले गोरखा–१ मा नपाएपछि गोरखा–२ मा खड्कालाई ल्याउन उनीसहित कांग्रेसका नेताहरू नै लागि परेका छन् ।

माओवादी जिल्ला तहका नेताहरूका अनुसार खड्काले गत स्थानीय निर्वाचनमा गोरखा नगरपालिका–११ को एक गोप्य प्रशिक्षणमा मंसिर ४ गते हुने निर्वाचनमा आफु उममेदवार बनेर आउने र आफुलाई सहयोग गर्नुपर्ने भन्दै सहयोगको अपेक्षा गरेका थिए ।

तर, उनलाई प्रचण्डले नै टिकट दिन नसक्ने भन्दै इन्कार गरेपछि उनी गोरखाका माओवादीका नेता मार्फत दवाव बढाउन समाजिक सञ्जालको प्रयोग गरिरहेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अरुणा ढकाल